आजदेखी पेट्रोलको भाउ बढ्यो

२०८१ पुस १

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ २रुपैया घटाएको छ । पुष १ गते देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो ।

यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँबाट नयाँ मूल्यसूची आएसँगै मूल्य समायोजन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: