वीरगन्ज।आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संविधान गलत बन्यो भन्दा गोली ठोक्ने सरकारले नै संविधान संसोधन गर्छु भन्नु हास्यास्पद रहेको बताएका छन् ।
आज वीरगन्जमा भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन्।
वीरगन्जलाई आर्थिक राजधानी बनाउने संकल्प सहित वीरगन्जको वीपी उद्यानमा आज आयोजना गरेको खबरदारीसभामा जनताको बलमा राजा फालेका नेताहरु नै अहिले राजा बनेको उनले बताए ।
पूर्व कानून मन्त्री समेत रहेका नेता साहले संविधान गलत बनेको भन्दै सच्याउन माग गर्दा मधेसी जनतालाई गोली ठोक्ने कांग्रेस र एमाले अहिले संविधान संसोधन गर्ने भनेर गठबन्धन बनाएको टिप्पणी गरे । जनतालाई पटक पटक धोका दिने कांग्रेस एमालले अब वीरगन्जलाई प्रयोग नगर्न चेतावनी दिए।
बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा वीरगन्जमा केही पनि विकास नहुनु चोर र दलाल नेताहरु कारक रहेको दोषारोपण गरे । वीरगन्जबाट देशको आधा राजस्व लिने तर वीरगन्जलाई भने केही पनि प्रतिफल नदिने राज्यसँग अब वीरगन्ज चुप लागेर नबस्ने चेतावनी दिए ।
वीरगन्जमा रहेका कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना लगायतका पूर्वाधारहरुमा आँखा लगाए बन्द गराए ।आज नारायणी अस्पतालको किन यस्तो दुर्दशा भयो ? भने, यी चोर नेताहरुले के गरे म प्रश्न गर्न चहान्छु ।’
प्रतिक्रिया दिनुहोस्: