
२४ चैत,काठमाडौं । भोलि चैत २५ गते देखि देशभरका सबै सरकारी र सामुदायिक विद्यालयहरू बन्द हुने भएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारले आफ्ना माग नसुनेको भन्दै शैक्षिक आमहड्ताल घोषणा गरेपछि विद्यालयहरू बन्द हुने भएको छ ।
नेपाल शिक्षक महासंघले आमहडताल चैत २५ गते देखु लागू हुने गरी आमहड्तालको घोषणा गरेका छन् । यस क्रममा देशभरका सबै विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक कर्मचारीहरुलाई अपिल गरेको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो आन्दोलनलाई अन्तिम र निर्णायक आन्दोलन भनिएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।
नेपाल शिक्षक महासंघले सबै शिक्षक कर्मचारीहरूलाई आमहडतालको क्रममा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: