सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लागुऔषध चरेस बरामद

२०८२ बैशाख ४

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालले लागुऔषध चरेस  नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाबाट स.प्र.ना.उ. महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले बिशेष सुचनाको आधारमा मिति २०८२।०१।०३ गते अं.२३:०० बजेको समयमा जि.पर्सा पोखरिया न.पा.-०८ मननपुर स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई राखेको २४ के.जी. ५०० ग्राम चरेश नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले राष्ट्र मार्गलाई जानकारी दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्: