६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

२०८२ बैशाख ४

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरिक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।

बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।

एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।

दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।

भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।

समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार जारी गरेको बढुवा सिफारिस सूची अनुसार बढुवा सिफारिस हुने अन्य प्रहरी अधिकारीहरूमा केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाडौंका चन्द्र कुबेर खापुङ, बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय, मोरङका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका डा. मनोज कुमार के.सी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: