बारको अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी

२०८१ चैत्र २७

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजय प्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।

महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: